Nic Ad Nic Ad
Nic Ad Nic Ad

तोरीको तेलमा स्वादमात्र होइन्, अरु पनि यस्ता छन् फाइदा

सोमबार, पुस ११, २०७९

काठमाडौँ - धेरैको भान्सामा अहिले तोरिको तेल पाउन छोडेको छ । रिफाइन तेल धेरै खाने भए पनि तोरीको तेलको प्रयोग कम भएको पाइन्छ । 

 

तोरीको तेल भान्सादेखि पूजाआजा तथा शरीरको मालिससम्म तोरीको तेलको प्रयोग हुन्छ । तोरीको तेल स्वादका कारण धेरै व्यक्तिले यसलाई मन पराउँछन् ।

 

तोरीको तेलमा ६० प्रतिशत मोनोस्याचुरेटेड फ्याट २१ प्रतिशत पोलीअनस्याचुरेटेड फ्याट र १२ प्रतिशत स्याचुुरेटेड फ्याट पाइन्छ । यसमा कार्बोहाइड्रेट, फाइबर, प्रोटिन, भिटामिन र मिनिरल पाइदैँन ।

 

एक चम्चा तोरीको तेलमा ०।८ ग्राम ओमेगा ३ फ्याट एसिड पाइन्छ । यस्तै, एक टेबल चम्चा तेलमा १ सय २४ क्यालोरी पाइन्छ । यसले मानव शरीरमा धेरै प्रकारका फाइदाहरू पुर्‍याउने गर्दछ । तोरीको तेलको फाइदा निम्न छन् 

 

– चिसोमा उपयोगी
तोरीको तेलमा शरीरलाई तातो बनाउने तत्त्व हुन्छ, जसले श्वासप्रश्वास नलीलाई सफा पार्ने काम गर्छ । रुघामा तातो पानीमा जिरा र केही चम्चा तोरीको तेल हालेर बाफ लिँदा“ रुघा निको हुन्छ र घा“टी सफा हुन्छ ।

 

– बाहिरी दुखाइमा उपयोगी
तोरीको तेलले नियमित मसाज गर्दा शरीरमा रक्तसञ्चार बढाई शरीरका बाहिरी दुखाइलाई कम गर्छ । यसले जोर्नी दुख्ने र बाथको समस्याका लागी समेत उपयोगी हुन्छ । यसमा हुने ओमेगा थ्री फ्याट एसिडले बाथसम्बन्धी दुखाई कम गर्छ ।

 

– क्यान्सरमा उपयोगी
तोरीको तेलमा क्यान्सरविरुद्ध लड्ने तत्त्व पाइन्छ । तोरीको तेलमा हुने लिनोलेनिक एसिड ओमेगा थ्री फ्याट एसिडमा परिवर्तन हुन्छ, जसले पेट तथा कोलोन क्यान्सर रोकथाम गर्छ।

 

– मुटुका लागी लाभदायी
तोरीको तेलमा मोनोस्याचुरेटेड र पोलिअनस्याचुरेटेड फ्याट एसिड प्रशस्त पाइन्छ । यसमा ओमेगा थ्री र ओमेगा सिक्स फ्याट एसिड पनि हुन्छ । फ्याट एसिडले मुटु रोगको खतरा ५० प्रतिशतले कम गर्न मद्दत पुु¥याउँछ ।

 

– शरीरका लागी फाइदा
तोरीको तेलले मसाज गर्दा रक्तसञ्चार प्रणाली, पसिनाका ग्रन्थसहित पाचन प्रणालीमा समेत राम्रो फाइदा पुराउँछ । नवजात शिशुलाई तोरीको तेलले मसाज गर्दा शरीर बलियो बनाउने, स्वास्थ्य राम्रो हुने गर्दछ ।

 

– अन्य लाभहरू
तोरीको तेलले दम रोगका बिरामीलाई श्वास फेर्न सहज बनाउने, मस्तिष्कको कार्यक्षमता बढाउने, दा“त सेतो पार्ने, छाला स्वस्थ बनाउने, छाला सुख्खा हुन नदिने, कपाल झर्नबाट जोगाउने, कपाल फुल्न नदिने लगायतका फाइदा हुने गर्दछ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  ०८:४९
प्रतिक्रिया दिनुहोस्