प्रचण्डलाई बधाई दिँदै बाबुरामले भने- समृद्ध नेपालका लागि सहकार्य गराैँ
काठमाडाैँ- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा नियुक्त भएकामा माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
आज बिहान खुमलटार पुगेर डा. भट्टराईले प्रचण्डलाई बधाई दिँदै देशलाई समृद्ध बनाउन सहकार्यको प्रस्ताव गरेका छन् । पत्नी हिसिला यमीसहित प्रचण्ड निवास पुगेका भट्टराईले बधाई दिँदै अब जनक्रान्तिका उपलब्धि संस्थागत हुने विश्वास पनि व्यक्त गरे ।
‘क. प्रचण्ड तेस्रो कार्यकालका निम्ति देशको प्रधानमन्त्री बन्नुभएकामा हार्दिक बधाई तथा पूर्ण सफलताको शुभकामना !,' प्रचण्डसँगको भेटपछि डा. भट्टराईले लेखेका छन्, 'क्रान्तिको बाटो बांगोटिंगो र अनिश्चयले भरिपूर्ण भएकाले जीवनको अन्तिम कालखण्डमा हामीले सम्पन्न गरेको जनक्रान्तिका उपलब्धिहरू संस्थागत गर्दै देशलाई समृद्ध बनाउन सहकार्य गरौँ !’
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ०९:३३
प्रतिक्रिया दिनुहोस्