Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेल कि पुन ? फेरि दोहोरिन सक्छन् शर्मा ?

सोमबार, पुस ११, २०७९

काठमाडाैँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । शीतल निवासमा अपराह्न ४ बजे शपथ समारोह आयोजना हुँदै छ ।

 

प्रधानमन्त्रीमा प्रचण्डको शपथसँगै सानो आकारको मन्त्रिपरिषद् गठन हुनेछ । माओवादीका अध्यक्ष ‘प्रचण्ड’ नेतृत्वको सरकारमा अर्थमन्त्री कसले पाउँछ भन्ने चासोको विषय बनेको छ । 

 

नेपाली कांग्रेस प्रतिपक्षमा बसेसँगै नेकपा एमालेले अर्थ मन्त्रालय लिन सक्ने अवस्था छ । एमालेबाट अर्थमन्त्री उपाध्यक्ष विष्णु पौडेलले पाउन चर्चा सुरु भएको छ । केपी प्रधानमन्त्री हुँदा उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । 

 

माओवादीबाट अहिलेकै अर्थमन्त्री जनादर्शन शर्मा समेत दोहोरिन सम्भावना रहेको छ । उनलाई माओवादी अध्यक्ष दाहालले फेरि अर्थ मन्त्रालयको जिम्मेवारीमा दोहाेर्‍याउन सक्ने समेत देखिन्छ ।

 

अर्थ मन्त्रालयको जिम्मेवारी एमाले अथवा माओवादी केन्द्रले राख्न सक्छ । यादि माओवादीले राखेको हकमा वर्षमान पुन पनि अर्थमन्त्रीका दाबेदार छन् । 

 

आन्तरिक आर्थिक सूचकहरू कमजोर बनेको अवस्थामा भावी अर्थमन्त्रीको रूपमा पुनः विष्णु पौडेल अर्थमन्त्री बन्ने सम्भावना बलियो भएको छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १०:४८
प्रतिक्रिया दिनुहोस्