प्रचण्ड सरकारलाई सेयर बजारले देखायो ‘ग्रिन सिंग्नल’
काठमाडौं । आज सेयर बजार खुलेको केही समयसम्म सामान्य अंकले बढेको छ । यो समाचार तयार पार्दासम्म (विहान ११ः३९ बजेसम्म) सेयर बजार मापक नेप्से परिसुचक ८.७९ अंकले बढेको छ ।
केही समययता लगातार घटिरहेको बजार नयाँ सरकार गठन भएपछि खुलेको पहिलो दिनको सुरुवाति समयमा बढेको हो । यद्यपि, अहिले बढेको बजार दिनभरको कारोबार समयसम्म कायम रहन्छ वा रहदैन भन्ने यकिन छैन ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ ११:४७
प्रतिक्रिया दिनुहोस्