Nic Ad Nic Ad
Nic Ad Nic Ad

हमदर्द इन्डियाका उत्पादनहरू नेपाली बजारमा

सोमबार, पुस ११, २०७९

काठमाडौँ–हमदर्द प्रयोगशाला इन्डियाले हमदर्द ब्रान्डका उत्पादनहरू नेपाली बजारमा ल्याएको छ । सन् १९०६ मा स्थापित हमदर्दले विश्व प्रतिष्ठित ब्रान्ड र हर्वल उत्पादनमा आफूलाई केन्द्रित गर्दै आएको छ । कम्पनीका विभिन्न उत्पादनहरू नेपालीमाझ सहज रुपमा पु¥याउन नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ ।  काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीका ग्लोबल बिजनेस हेड पंकज बेनर्जीले भने, ‘विश्व प्रख्यात युनानी पद्धतिमा आफ्नो आइएसओ २२०००–२००५, एचएसीसीपी र जीएमपी सर्टिफाइड हमदर्द युनानी ब्रान्ड विश्व कै उत्कृष्ट ब्रान्डको रुपमा परिचित छ ।’


हमदर्द प्रयोगशाला इन्डियाका सीओओ, सीपीपीओ र सीएमओको समेत उपस्थितिमा लाइफ केयर डिस्ट्रिब्युटर र प्लानेट हेल्थकेयरले नेपाली बजारमा ल्याइएकाले यसलाई महत्वका साथ हेरिएको छ 


हमदर्दका ६ किसिमका उत्पादनहरु नेपालमा बजारमा ल्याइएको छ । उत्पादनहरूमा रोघन बदाम शिरिन, कलोंन्जी तेल, प्याजको तेल, रोघन अमला सदा, आर्क गुलाब र लिक्विरब रहेका छन् । 


रोघन बदाम शिरिन भिटामिस इको प्राकृतिक स्रोत भएको, सतप्रतिशत मीठो बदामबाट बनेको र शुद्ध तेलले छाला र कपाललाई मोइस्चराइज गर्दछ । यसले प्राकृतिक रूपमा कब्जियतबाट छुटकारा पाउन पनि मद्दत गर्दछ तथा सबै उमेर समूहका लागि उपयुक्त छ । 


कम्पनीले उत्पादन गर्ने कलोंन्जी तेल पनि सतप्रतिशत फ्री रेडिकलहरूलाई प्राकृतिक रुपमा काम गर्न मद्दत गर्दछ । कपाललाई लामो र बलियो बनाउन मद्दत गर्ने तत्वको रूपमा यसको प्रयोग गरिन्छ । कलोन्जीको तेलले शरीरलाई फ्री रेडिकलको खराब प्रभावबाट मुक्त गराउनेसँग सम्बन्धित छ र नियमित रूपमा प्रयोग गर्दा छाला र कपालको गुणस्तरमा सुधार ल्याउँछ ।


यस्तै, अनियन आयलले प्याजको बीउबाट यो शुद्ध सूत्र तयार हुन्छ । प्याजको तेल सल्फरको प्रचुर स्रोत हो । जसले कपाल टुट्न, टुक्रा टुक्रा हुने र पातलो हुनबाट रोक्छ । यसले नेचुरल कन्डिस्नरको रूपमा काम गर्छ जसले तपाईंको टाउकोमा सुख्खापन रोक्छ र चाँयालाई नियन्त्रण गर्छ । यसले कपालको फोलिस्लेसमा रगत आपूर्ति पनि बढाउँछ, जसले कपालको वृद्धिमा सुधार गर्छ ।


यसैगरी, कम्पनीबाट उत्पादन हुने रोघन अमला सदा एक प्रभावकारी शुद्ध जडीबुटी तेल हो, जसको प्रयोगले कपाललाई लामो समयसम्म कालो बनाई राख्न मद्दत पु¥याउँछ । यसले कपाललाई चम्किलो बनाउन मद्दत गर्छ, कपालको रंग फेरिनबाट रोक्छ र कपालको वृद्धिलाई सहयोग पु¥याउँछ ।


आर्क गुलाब अर्को उत्पादन हो । यो आर्क गुलाब ताजा गुलाबको फूलबाट बनेको शुद्ध गुलाब पानी हो । यसलाई बनाउन प्रयोग गरिने स्टिम डिस्टिलेसन प्रोसेसले यसलाई उच्च स्तरको स्वच्छता र अतुलनीय शुद्धता सुनिश्चित गर्दछ । यसले शरीरमा उत्साहजनक प्रभाव पार्छ । नियमित प्रयोगले छालालाई कोमल बनाउनुका सथै सदैब ताजा बनाइ राख्छ ।


यस्तै, लिक्वरब एक अत्यधिक प्रभावकारी समिश्रण हो जसले छाती वा नाकको  कन्जेसन, टाउको दुखाई र मांसपेशी दुखाइबाट छिट्टै राहत दिन्छ । यसमा पुडिना समावेश छ, जुन एक स्थानीय एनेस्थेटिक हो जसले जोर्नीहरू सुनिनुबाट मुक्ती प्रदान गर्दछ । गौल्थेरिया तेल मांसपेशी दुखाइको उपचारको लागि एनाल्जेसिक र रुबेफेसेन्ट तयारीहरूमा प्रयोग गरिएको छ । यसमा पेपरमिन्ट तेल पनि छ जुन चिलाउने, मांसपेशी दुखाई र टाउको दुखाईबाट राहतको लागि प्रयोग गरिन्छ । यो एक प्राकृतिक पीडा राहत तेल हो जसको प्रयोग र प्रभावले विभिन्न दुखाई अवस्थाको दीर्घकालिन समाधान दिन्छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १२:४०
प्रतिक्रिया दिनुहोस्