Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकको चर्को ब्याजदरका विरुद्ध मोरङका उद्योगी व्यावसायीहरू धर्नामा

सोमबार, पुस ११, २०७९

विराटनगर– मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् ।
बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका उनीहरू धर्नामा बसेका हुन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका  छन् । सोमबार बिहान ९ बजेदेखि धर्ना सुरु धर्ना बेलुका ४ बजेसम्म हरने उनीहरुले जनाएका छन् ।


बैंकको चर्को ब्याजदर घटाउनु पर्ने माग गर्दै उद्योगी व्यावसायीले बिहीबारदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा उनीहरुले राष्ट्र बैंकको प्रवेशद्वारका लागि धर्ना दिएका हुन् । बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ सहित तीन दर्जन बढी संघसंस्थाले बिहीबारदेखि आन्दोलनमा उत्रिएका हुन् ।


सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएपछि चर्को ब्याजदर विरुद्ध सडक संघर्षमा उत्रनु परेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको माग छ । पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग छन् ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १३:११
प्रतिक्रिया दिनुहोस्