लोमस प्यारेन्टेरल्स्को पारासिटामोल बिक्रीमा रोक
काठमाडौँ–न्यून गुणस्तर पाइएको भन्दै लोमस प्यारेन्टेरल्स् एण्ड फर्मुलेसन प्रालिद्वारा उत्पादित पारासिटामोल बिक्रीमा औषधि व्यवस्था विभागले रोक लगाएको छ । विभागले सो कम्पनीको पाराहिम (पारासिटामोल इन्फ्युजन आईपी)को ब्याच नम्बर ए२६डब्लूएक्स००१ बिक्रीमा रोक लगाएको हो ।
सो ब्याचको औषधि प्रयोगशाला परीक्षण गर्दा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । साथै बजारमा हाल रहेको सो ब्याचको औषधि तुरुन्त फिर्ता गर्न र प्रयोगसमेत नगर्न नगराउन विभागले सबैमा सूचित गरेको छ ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १४:०८
प्रतिक्रिया दिनुहोस्