Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुस १७ गतेदेखि त्रिविका क्याम्पसमा हिउँदे बिदा

सोमबार, पुस ११, २०७९

काठमाडौँ–त्रिभुवन विश्वविद्यालयका केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि हिउँदे बिदा दिन पाउने भएका छन् ।


त्रिवि रजिष्ट्रारको कार्यालय सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालयका केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुले पुस १७ गतेदेखि बढीमा २२ दिन बिदा दिन सक्ने जनाएको छ ।


महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा त्रिवि कार्यकारी परिषदको निर्णय अनुसार केन्द्रिय विभाग तथा सम्पूर्ण आंगिक क्याम्पसहरुमा पूर्व व्यवस्था अनुसार शिक्षक र विद्यार्थीलाई दिँदै आएको हिउँदे बिदा यो वर्ष आ–आफ्नो निकायको अनुकुलता (परीक्षा, कक्षा सञ्चालन आदि अवस्था) हेरेर पुस १७ गतेदेखि दिन सक्ने उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, पुस ११, २०७९  १४:२१
प्रतिक्रिया दिनुहोस्