नेभिगेशन
जीवनयापन

निर्मला पन्तलाई न्याय दिने गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णय

काठमाडौँ–  नवनियुक्त गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिन पहल गर्ने पहिलो निर्णय गरेका छन् ।

 

सपथ ग्रहणपछि सिंहदरबारमा पुगेर कार्यभार सम्हालेपछि उनले आफ्नो पहिलो निर्णयको रुपमा निर्मला पन्तलाई न्याय दिनको लागि पहल गर्ने निर्णय गरेको बताए ।

 

कञ्चनपुर भीमदत्त नगरपालिका–२, उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भएको थियो । उनको शव ११ साउन २०७५ मा उखुबारीमा फेला परेको हो । पन्तको हत्या भएको चार वर्ष बितिसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन । 

 

 

निर्मला हत्यापछि नेपाल प्रहरीका चार जना प्रहरी महानिरीक्षक (आईजीपी) नै फेरिएका छन् । निर्मलाको हत्या हुँदा नेपाल प्रहरीका आईजीपीमा सर्वेन्द्र खनाल थिए । उनको पालामा सुल्झाउन नसकेको निर्मला पन्त बलात्कार र हत्या त्यसपछि नियुक्त अर्का आईजीपी ठाकुरप्रसाद ज्ञवालीले समेत सुल्झाउन सकेनन् ।

 

लामिछानेले आफूहरुले मन्त्रिपरिषदमा पनि प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले आफूहरु खाली पदका लागि मात्र सरकारमा नआएको बताए ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

हङकङ फ्लुको प्रकोप चुलिँदै