रवि गृहमन्त्री भएपछि हर्कराज साम्पाङले भने–अब केही तह लाग्छन् होला
काठमाडौँ– धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ राईले उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएकोमा खुसी लागेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले रवी लामिछाने गृहमन्त्री बनेकोमा खुसी लागेको बताएका हुन् ।
उनले अब केही तह लाग्ने भन्दै फेसबुकमा लेखेका छन्, ‘रवी लामिछाने गृह मन्त्री बन्नु भएकोमा खुसी लाग्यो है! अब केही तह लाग्छन् होला!’
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १८:११
प्रतिक्रिया दिनुहोस्