पदभार ग्रहण गरेसँगै भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले भने, ‘भष्ट्राचार हुन दिन्न’
काठमाडौं– उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले पदभार ग्रहण गर्दै भष्ट्राचार गर्न नदिने उद्घोष गरेका छन।
सोमबार मन्त्री पदमा नियुक्त भएसँगै उनले अपरान्ह ४ बजे राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको सपथ लिएका थिए । उनले भौतिक पूर्वाधार क्षेत्रमा हुने भ्रष्टाचार र पैसाका लागि मन्त्रालयमा हुने अवाञ्छित कार्य गर्ने अब बन्द हुने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
प्रकाशित मिति: सोमबार, पुस ११, २०७९ १९:०२
प्रतिक्रिया दिनुहोस्