यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ ९५ पैसा र बिक्री दर १३२ रूपैयाँ ५५ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ १७ पैसा र बिक्री दर १४० रूपैयाँ ८१ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ १३ पैसा र बिक्री दर १५९ रूपैयाँ ८६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २८ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ८२ पैसा र विक्रीदर २९ रूपैयाँ ९५ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ ०८ पैसा र बिक्री दर ३५ रूपैयाँ २४ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ ०६:१५
प्रतिक्रिया दिनुहोस्