Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्रीद्वारा महासङ्घको टोलीलाई आश्वासन, ‘अर्थतन्त्रबारे सरकार गम्भीर छ’

मंगलबार, पुस १२, २०७९

काठमाडौँ – प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड)सँग नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीले भेटवार्ता गरेका छन् । मङ्गलवार बिहान प्रधानमन्त्रीको निजी निवास खुमलटारमा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासहितको टोलीले भेटवार्ता गरेको हो । 

 

भेटमा महासङ्घका अध्यक्ष गोल्छाले नेपालको वर्तमान अर्थतन्त्रको अवस्था र व्यवसायीको समस्या बारेमा जानकारी दिएका थिए । अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखा परेको चालूपूजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न, हाल देखिएको तरलता सङ्कुचनको समस्या समाधान गर्न,  केन्द्रीय बैङ्कले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाइदिएका थिए । 

 

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेको भन्दै अध्यक्ष गोल्छाले  नवगठित सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा जोड दिएका थिए ।


भेटका क्रममा प्रधानमन्त्री दाहालले अर्थतन्त्रको  पुनरुत्थान आफ्‌नो पहिलो प्राथमिकता रहेकोले मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको जानकारी गराएका थिए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई सम्मान गर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले यसलाई गम्भीर रूपमा लिएको बताएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  ०९:१७
प्रतिक्रिया दिनुहोस्