स्पेनका पूर्वखेलाडी सालिनास र रुबेन नेपाल आउँदै
काठमाडौं- स्पेनिस क्लव बार्सिलोना र रियल मड्रिडका पूर्वखेलाडी जुलियो सालिनास र रुबेन डे ला रेड दुई मैत्रीपूर्ण खेलका लागि नेपाल आउँदै छन् । उनीहरु कासेरेन्यो फुटबल क्लवको टोलीसँगै नेपाल आउने भएका हुन् ।
१३ पुसमा गण्डकी ११ र १४ पुसमा काठमाडौं ११ बिरुद्ध मैत्रीपूर्ण खेल खेल्न रुबेन डे ला रेड र सालिनास मंगलवार साढे ९ बजे नेपाल आइपुग्ने छन् ।
‘शान्तिका लागि फुटबल’ नाराका साथ लुम्बिनी गार्डेन फाउण्डेसनले आयोजना गर्न लागेको दुई मैत्रीपूर्ण खेलमा सहभागी जनाउन उनीहरु नेपाल आउन लागेका हुन् । स्पेनिस टोलीसँग खेल्ने गण्डकी–११ टोलीको नेतृत्व नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले गर्नेछन् ।
गण्डकीको टोली राजेन्द्र तामाङको प्रशिक्षणमा रहनेछ । त्यस्तै राष्ट्रिय टोलीका पूर्वकप्तान विराज महर्जनले काठमाडौं–११ को कप्तानी गर्नेछन् । मेघराज केसीको प्रशिक्षणमा रहने टोलीबाट काठमाडौंमा रहेका अन्य राष्ट्रिय खेलाडीले खेल्नेछन् ।