३० प्रतिशत लाभांश वितरण गर्दै फरवार्ड
काठमाडौं– फरवार्ड लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई ३० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।
गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ । सञ्चालक समितिले गरेको प्रस्तावअनुसार लगानीकर्तालाई २५ प्रतिशत बोनस सेयर वितरण गरिने छ ।
यससँगै कर प्रयोजनका लागिसमेत गरी ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरिएको छ ।
पुस ३० गते हुने वार्षिक साधारणसभाबाट यो प्रस्ताव पारित भए सेयरधनीले लाभांश पाउने छन् । कम्पनीले पुस १७ गतेसम्म बुक क्लोज हुने भएका पुस १६ गतेसम्म कायम भएका सेयरधनीले मात्रै लाभांश पाउने छन् ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ १२:०८
प्रतिक्रिया दिनुहोस्