Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रियस्तरको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगिता सम्पन्न

मंगलबार, पुस १२, २०७९

वीरगन्ज–काठमाडौँ उपत्यका बाहिर पहिलो पटक वीरगन्जमा आयोजित राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । मुनलाईट माद्यमिक विद्यालय वीरगन्जले आयोजना गरेको अन्तरविद्यालय बुद्धिचाल प्रतियोगितामा काठमाडौँको साउथ वेस्टर्न स्कुल प्रथम हुँदा आयोजक मुनलाईट मावि द्वितिय र टिलिङ्गटार स्कुल तृतीय भएका छन् । 


मुनलाईट माविका प्रबन्ध निर्देशक तथा टुर्नामेन्ट डाइरेक्टरसमेत रहेका सुलभ केसीका अनुसार छात्रतर्फबाट प्रथम हुने मेरिडियन इन्टरनेशनल स्कुलका पुरुषोत्तम सिलवारलले १० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरे । त्यस्तै द्वितिय हुने दमक मल्टीपल क्याम्पस झापाका मिसन दाहालले ८ हजार नगदसहित मेडल, कप र प्रमाण पत्र प्राप्त गरे । तृतीय हुने नेशनल इन्फोटेक कलेज वीरगन्जका परिक्षित सेनले ६ हजार नगदसहित प्रमाणपत्र, मेडल प्राप्त गर्दा सान्तवना हुने काठमाडौँ मोडेल कलेजका शतिष शाहले ५ हजार नगदसहित प्रमाणपत्र र मेडल पाए । यस्तै पाँचौ स्थान प्राप्त गरेका युनिग्लोब कलेजका मार्शियल तामाङ्ले ४ हजार नगदसहित प्रमाणपत्र र मेडल प्रमाण पत्र प्राप्त गरेका छन् । 


छात्रा तर्फबाट प्रथम हुने टिलिङ्गटार स्कुलकी पुर्णिमा गुरुङ्ले नगद २ हजारसहित मेडल प्रमाण पत्र पाइन् भने द्वितीय र तृतीय हुने मुनलाईट माविकै साक्षी शाह र दिब्यानी सर्राफले नगद १÷१ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । त्यस्तै सान्तवना र पाँचौ स्थान पनि मुनलाईट माविकै क्रमशः  रञ्जना सर्राफ र नन्दनी लोहियाले प्राप्त गरेका छन् । 


१६ वर्ष मूनिको उमेर समूहबाट साउथ वेस्टर्न स्कुल काठमाडौँका कुशल बेलबेस प्रथम भएका छन् । मास्कोट एकेडेमीका क्षितिज सेन र सुजित कुमार चौधरी क्रमशः द्वितीय र तृतीय भएका छन् । प्रथम हुने कुशलले २ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा क्षितिज र सुजितले १÷१ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । 


१२ वर्ष मूनिको उमेर समूहबाट बिएन एकेडेमीका अबिन पाण्डे प्रथम भएका छन् भने टिलिङ्गटार स्कुलका आलोक चर्तुवेदी द्वितीय भएका छन् । डिएभी आरबी केडिया स्कुलका गौतम पटेल तृतीय भएका छन् । उनीहरूले पनि क्रमशः २ हजार नगदसहित मेडल र प्रमाण पत्र र १÷१ हजार नगदसहित मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । 


१० वर्ष मूनिको उमेर समूहबाट मुनलाईट माविका सुरेश मुखिया प्रथम भएका छन् । मुनलाईट माविकै राहुल सहनी द्वितीय हुँदा पञ्चायन सेलेस्टियन स्कुलका अध्यान्त काफ्ले तृतीय भएका छन् । 


अर्काे समूहतर्फबाट साउथ वेस्टर्न स्कुलका अग्रिम सैञ्जु प्रथम हुँदा गौतम मावि वीरगन्जका आयुष सर्राफ द्वितीय र मुनलाई माविका बिराट प्रजापती तृतीय भएका छन् । 


स्थानीय विद्यालयतर्फ ग्लोबल बिजनेस कलेजका श्याम गुप्ता प्रथम भएका छन् । गौतम माविका अनिष प्रधान द्वितीय हुँदा न्यु वेभ एकेडेमीका रोहित साह तृतीय भएका छन् । 

 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १२:५२
प्रतिक्रिया दिनुहोस्