Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाेलियाे खाेप लगाउने समय परिवर्तन

मंगलबार, पुस १२, २०७९

काठमाडाैँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभी’ लगाउने समय परिवर्तन गरेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा‍. सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए । उनका अनुसार १ वर्षमुनिका बालबालिकाका लागि पहिले ६ हप्ता र १४ हप्तामा गरी २ मात्रा दिने गरेकामा अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा ९ महिनामा लगाइने छ ।

 

यस्तै १ वर्ष उमेरमा खोप लगाउन छुटेमा ५ वर्षभित्रका बालबालिकालाई पनि लगाउन सकिने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १३:३८
प्रतिक्रिया दिनुहोस्