Nic Ad Nic Ad
Nic Ad Nic Ad

सहुलितपूर्ण कर्जा नीतिले ऋणीको जीवनस्तरमा सुधारः राष्ट्र बैंक

मंगलबार, पुस १२, २०७९

काठमाडौं । नेपाल राष्ट्र बैंकको एक सर्वेक्षणले सहुलियत पूर्ण कर्जा सम्बन्धी नीतिले पश्चिम नेपालका ३ जिल्लाका ऋणीको जीवनस्तरमा सुधार भएको देखाएको छ । नेपाल राष्ट्र बैंकले विभिन्न क्षेत्र तोकेर सहुलियतपूर्ण व्याजदरमा कर्जा दिनुपर्ने नीतिले सर्वसाधारणलाई फाइदा पुगेको राष्ट्र बैंकले नै गरेको सर्वेक्षणले देखाएको हो ।

 

राष्ट्र बैंकले बाँके, बर्दिया र दाङ जिल्लामा यस्तो सर्वेक्षण गरेको थियो । राष्ट्र बैंकको नेपालगञ्ज कार्यालयले गरेको सर्वेक्षणमा सहभागीहरुले सहुलियतपूर्ण कर्जा सम्बन्धी नीतिले आफूहरुको जीवनस्तरमा सुधार भएको प्रतिक्रिया दिएका छन् ।

 

सर्वेक्षणमा ४९.७२ प्रतिशत सहभागीहरुले उद्योग/व्यवसायमा बीस लाखभन्दा माथि लगानी गरेको देखिएको छ । त्यसैगरी, ३२.३१ प्रतिशतले दश लाखदेखि बीस लाखसम्म र १७.९७ प्रतिशत सहभागीहरुले १ लाखदेखि १० लाखसम्म लगानी गरेको पाईएको राष्ट्र बैंकको भनाई छ ।

 

सर्वेक्षणमा सहूलियतपुर्ण कर्जाका साथै, अन्य शीर्षकमा समेत कर्जा लिई व्यवसाय सञ्चालन गरेका सहभागीहरु १६.२९ प्रतिशतरहेका छन् भने ८३.७१ प्रतिशत सहभागीहरुले अन्य शीर्षकमा कर्जा लिएको देखिएको छैन । 

 

सर्वेक्षणमा सहभागीहरुले उद्योग/व्यवसायमा गरेको जम्मा लगानीमा सहूलियतपुर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको देखिन्छ, जून अंश बर्दिया जिल्लामा सबैभन्दा धैरै ६८.१० प्रतिशत रहेको छ । त्यसैगरी, बाँके जिल्लामा ३४.५ प्रतिशत र दाङ जिल्लामा ६३.१३ प्रतिशत रहेको छ । 

 

सहूलियतपुर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट सहज ढंगले प्रवाह भएको देखिएको छ । केही कागजी प्रक्रिया बाहेक अन्य झन्झट खासै देखिएको छैन । सर्वेक्षणमा ७३.८८ प्रतिशतले सहजरुपमा कर्जा प्राप्त गरेको देखिएको सर्वेक्षणमा उल्लेख छ ।

 

सहूलियतपुर्ण कर्जा सर्वसाधारणको पहुँचसम्म पूगेको देखिन्छ । सर्वेक्षणमा सर्वसाधारणले पनि सहूलियतपुर्ण कर्जा पाउँछन् भनेर विश्वास गर्ने सहभागीहरु ८९.०४ प्रतिशत देखिएका छन् भने पहूचवालाले मात्र सहूलियतपुर्ण कर्जा पाउछन् भनेर विश्वास गर्ने सहभागीहरु १०.९६ प्रतिशत मात्रै देखिएका छन् ।

 

बैंक तथा वित्तीय संस्थाहरुले व्यावसायिक योजना मागेर मात्र कर्जा प्रवाह गरेको देखिन्छ भने कर्जा प्रवाह पश्चात् बैंकले ९५.२३ प्रतिशत सहभागीहरुको व्यवसाय अनूगमन गरेको अध्ययनले देखाएको छ । 

 

सहूलियतपुर्ण कर्जाबाट ९२.९८ प्रतिशत सहभागीहरुको आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको देखिएको छ भने ७.०२ प्रतिशत सहभागीहरुको आर्थिक अवस्था उस्तै रहेको पाइएको छ । 

 

सर्वेक्षणमा परिवारका सदस्यहरुलाई व्यवसायमा संलग्न गराई आंशिक रोजगारी प्रदान गर्ने सहभागीहरु १०.४० प्रतिशत रहेका छन् भने ३९.९१ प्रतिशतले आफ्ना परिवारका सदस्य बाहेक अन्य कर्मचारी तथा कामदारहरुलाई रोजगारी उपलब्ध गराएको देखिएको सर्वेक्षणमा उल्लेख छ । 

 

सर्वेक्षणमा संलग्न सहभागीहरुद्वारा सञ्चालित व्यावसायिक फर्महरुले औसतमा कूल लगानीको वार्षिक १८.८३ प्रतिशत आम्दानी गरेको देखिएको छ । जसमध्ये औसतमा कृषि कर्जामा १८.८३ प्रतिशत, महिला उद्यमशील कर्जामा १८.७५ प्रतिशत र अन्यमा २८.५७ प्रतिशत आम्दानी गरेको देखिएको छ ।

 

बैंक तथा वित्तीय संस्थावाट प्राप्त गरेको सहूलियतपुर्ण कर्जा रकमको सहभागीहरुले बार्षिक ३८.६९ प्रतिशत आम्दानी गरेको देखिएको छ जसले गर्दा कर्जाको सावा व्याज भूक्तानीमा समस्या देखिएको छैन ।

 

सर्वेक्षणमा सहूलियतपुर्ण कर्जाबाट शिक्षा, स्वास्थ्य लगायत दैनिक उपभोगका वस्तूहरुको गूणस्तरमा परिवर्तन आएको अनूभुति गर्ने सहभागीहरु ९६.०६ प्रतिशत छन् भने ३.९४ प्रतिशतले मात्रै परिवर्तनको अनूभुति नभएको बताएका छन् ।

 

सर्वेक्षणमा सहूलियतपुर्ण कर्जा शिक्षा, स्वास्थ्य, पूरानो ऋण तथा अन्य घरायासी खर्चमा प्रयोग नगर्ने सहभागीहरु ९५.५१ प्रतिशत रहेका छन् भने ४.४९ प्रतिशतले आंशिक रुपमा अन्य कार्यमा प्रयोग गरेको देखिएको छ ।

 

सर्वेक्षणमा प्राप्त कर्जाको समयमा नै किस्ता तिर्न सहभागीहरु सक्षम भएको देखिन्छ । सर्वेक्षणमा९८.०३ प्रतिशत सहभागीहरुले समयमा नै किस्ता तिर्न सक्षम भएको पाइएको छ भने १.९७ प्रतिशत सहभागीहरुले समयमा नै किस्ता तिर्न सकेको देखिएको छैन । 

 

सहूलियतपुर्ण कर्जाबाट शतप्रतिशत सहभागीहरु सन्तूष्ट देखिएका छन् । असन्तूष्ट छू भन्ने सहभागीको संख्या शून्य रहेको छ भने थोरै सन्तूष्ट सहभागीहरु ४.७८ प्रतिशत, धेरै सन्तूष्ट सहभागीहरु ७६.१२ प्रतिशत र अत्ति धेरै सन्तूष्ट सहभागीहरु १९.१० प्रतिशत रहेका छन् । 

 

बाके, बर्दिया तथा दाङ जिल्लामा सहूलियतपूर्ण कर्जाबाट उत्तरदाताहरुको आयस्तरमा वृद्धि भएको, उत्तरदाताहरुको सन्तूष्टिस्तर उच्च रहेको, शिक्षा, स्वास्थ्य लगायत दैनिक उपभोग्य वस्तूहरुको गूणस्तरमा सूधार आएको, रोजगारी सिर्जनामा समेत सकारात्मक प्रभाव पार्नूका साथै, जून व्यवसाय वा परियोजनाका लागि सहूलियतपुर्ण कर्जा प्रवाह भएको सोही व्यवसाय तथा परियोजनामा लगानी भएको सर्वेक्षणमा देखिएको राष्ट्र बैंकको भनाई छ ।

 

सहूलियतपुर्ण कर्जाका लागि ब्याज अनूदान सम्बन्धी एकीकृत कार्यविधि बमोजिम प्रवाह गरिएको सहूलियतपुर्ण कर्जाको सदूपयोगिताको अवस्था, कर्जा प्रवाहको स्वरुप र प्राप्त कर्जाबाट ऋणीको आर्थिक अवस्थामा पारेको प्रभावबारे अध्ययन गर्न राष्ट्र बैंकले यो सर्वेक्षण गरेको थियो । अध्ययनमा लूम्विनी प्रदेश अन्तर्गतका बाँके, बर्दिया र दाङ जिल्लाका ३५६ ऋणीहरुको सहभागिता रहेको छ । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १४:०३
प्रतिक्रिया दिनुहोस्