Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल टी–२० मा लुम्बिनीले निकाल्यो तेस्रो जित

मंगलबार, पुस १२, २०७९

काठमाडौँ–लुम्बिनी अल स्टार्सले नेपाल टी–२० लिगमा मंगलबार पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा १३३ रनको योगफल तयार गर्न ९ विकेट खर्चिएको थियो ।


जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले इनिङको अन्तिम बलमा शाड्ली भान स्कालक्यकको छक्कासहित लक्ष्य पूरा गरेको छ । लुम्बिनीलाई अन्तिम बलमा जितका लागि ५ रन आवश्यक थियो । सोही बलमा शाड्लीले विशाल छक्का प्रहार गर्दै लुम्बिनीको तेस्रो जित सुनिश्चित गरे ।


लुम्बिनीका लागि ११ बलको सामना गरेका शाड्लीले चार छक्कासहित अविजित ३१ रनको इनिङ खेल्दा म्यान अफ दी म्याच बने ।


पहिलो खेलमा फार वेस्टर्न युनाइटेडलाई ६७ रनले पराजित गरेको लुम्बिनीले दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्समाथि ३ रनको जित निकालेको थियो । पहिलो खेलमा काठमाडौं नाइट्ससँग २६ रनले हारेको पोखरा दोस्रो खेलमा जनकपुर रोयल्ससँग ५ विकेट स्तब्ध भएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १४:०६
प्रतिक्रिया दिनुहोस्