Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढ्याे चिसाे, काठमाडाैँकाे तापक्रम वर्षकै कम

मंगलबार, पुस १२, २०७९

काठमाडौँ - काठमाडौँ उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । काठमाडौँ उपत्यकाको यस वर्ष मापन गरिएको यो सबैभन्दा कम तापक्रम हो ।

 

सोमबार उपत्यकाको तापक्रम ५ दशमलव ५ डिग्री सेल्सियस थियो । मौसमविद् विनु महर्जनका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा छ । उनले पछिल्लो केही दिनयता न्यूनतम तापक्रम क्रमशः घटिरहेको र अब अधिकम तापक्रम पनि घट्ने क्रममा रहेको बताइन् । 

 

मौसम पूर्वानुमान महाशाखाले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने तथा तराईका केही भू–भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेकाले दैनिक जीवन र सडक तथा हवाई यातायातमा पनि सामान्य असर पर्न सक्ने हुँदा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ । 

 

महाशाखाले आज बिहान ९ बजे गरेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री र अधिकमत तापक्रम १८ दशमलव ५ डिग्री सेल्सियस छ ।

 

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ५ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३६ दशमलव ४ डिग्री सेल्सियस छ । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्