Nic Ad Nic Ad
Nic Ad Nic Ad

बेथानचोकमा केबलकार निर्माण हुने

मंगलबार, पुस १२, २०७९

काभ्रे- काभ्रेको बेथानचोक गाउँपालिकास्थित बेथानचोक नारायणटारमा केबलकार निर्माण हुने भएको छ । 

 

गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले काभ्रेकाे पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले ‘ड्रिम प्रोजेक्ट’का रुपमा केबलकार निर्माणको योजना अघि सारेको बताए । केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन पूरा भएको उनको भनाइ छ । 

 

गाउँपालिकाको कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले बेथानचोकलगायतका पर्यटकीय गन्तव्यमा पर्यटक आकर्षित गर्नका लागि केबलकार निर्माण गर्न लागिएको बताए । उनले केबलकार प्रोजेक्ट समग्र पालिकावासीको साझा सम्पत्तिका रुपमा निर्माण हुन लागेको उल्लेख गरेका छन् । 

 

आयोजना निर्माण समूहमा आबद्ध इञ्जिनियर ज्ञान तिमिल्सेनाका अनुसार केबलकारका लागि नौवटा टावरहरू रहने छन् । केबलकारको लम्बाइ तीन किलोमिटरको हुनेछ भनेसम्भाव्यता अध्ययनको सिलसिलामा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको छ । 

 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी वडा नं १ का अध्यक्ष मधुसूदन तिमिलसेना, वडा नं ३ का अध्यक्ष कुवेर ढकाल, वडा नं ४ का अध्यक्ष कृष्णबहादुर पाख्रिन, वडा नं ५ का अध्यक्ष राजकुमार वाइवालगायत वडा तथा पालिका सदस्यका साथै स्थानीयको उपस्थिति थियो । 

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १४:५८
प्रतिक्रिया दिनुहोस्