मर्जर पछि कुमारी–एनसीसीले ‘कुमारी बैङ्क लिमिटेड’ नामबाट कारोबार गर्ने
काठमाडौँ–२ वाणिज्य बैङ्क कुमारी बैङ्क लिमिटेड र नेपाल क्रेडिट एन्ड कमर्स बैङ्क लिमिटेड गाभिएपछि नेपाल राष्ट्र बैङ्क ले कायम हुने नयाँ नाम तोकिदिएको छ ।
राष्ट्र बैङ्कको बैङ्क तथा वित्तीय संस्था नियमन विभागले मर्जरपछि बनेको बैङ्कको नाम ‘कुमारी बैंक लिमिटेड’ कायम हुने सार्वजनिक सूचनामार्फत जानकारी दिएको हो ।
योसँगै गाभिएर बनेको नयाँ बैङ्कले १७ पुसदेखि कुमारी बैंक लिमिटेडको नामबाट कारोबार सञ्चालन गर्नेछ ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ १६:१३
प्रतिक्रिया दिनुहोस्