Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्से परिसूचक बढ्यो, ५ महिना यताकै उच्च

मंगलबार, पुस १२, २०७९

काठमाडौँ–साताको दोस्रो कारोबार दिन मङ्गलबार नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । मङ्गलबार उच्च रूपमा नेप्से बढेसँगै नेप्सेमा करिब ५ महिना यताकै उच्च कारोबारसमेत भएको हो । नेप्से परिसूचक ५९.८७ अङ्क बढेर १९८३.९५ बिन्दुमा पुगेको छ ।


त्यस्तै, सेन्सेटिभ इण्डेक्स १०.६० अङ्क बढेको छ भने फ्लोट इण्डेक्स ३.६९ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ३ दशमलदव २८ अङ्कले बढेको छ ।


मङ्गलबार कारोबारमा आएका २६१ कम्पनीको १ करोड २० लाख २९ हजार कित्ता शेयर ३ अर्ब ८८ करोड ४३ लाख ९६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । सोमबार २ अर्ब बराबरको कारोबार भएको थियो ।


मङ्गलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये लगानी उपसमूहको परिसूचक ६.४३ प्रतिशत बढेको छ भने वित्त, होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ ।

नेप्से बढेसँगै मङ्गलबार ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा सिद्धार्थ इन्स्योरेन्स, मल्टीपर्पस फाइनान्स, अजोड इन्स्योरेन्स, श्रृजनशील लघुवित्त र कालिका पावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । कारोबार रकमका आधारमा लक्ष्मी बैंक शीर्ष स्थानमा रहेको छ । जसमा बैंकको २० करोड ९४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  १६:२५
प्रतिक्रिया दिनुहोस्