उपप्रमुख डंगोल र राजदूत क्याप्लरबीच शिष्टाचार भेट
काठमाडौं–काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलसँग नेपालका लागि स्वीजरल्याण्डकी राजदूत एलिजावेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेकी छन् ।
मंगलबार भेटका क्रममा उपप्रमुख डंगोलले भित्री सहरी क्षेत्रका परम्परागत भवन निर्माण गर्न घर धनीलाई सहुलियत दिने गरिएको, महिला हिँसा न्युनीकरणका लागि वडा स्तरीय महिला सेल गठन गरिएको बताइन् ।
साथै, उनले राजदूत क्याप्लरले जिज्ञासाको जवाफमा न्यायिक समितिमा उजुरी आउनु अघि वडास्तरीय मेलमिलाप कक्षमा छलफल गराउने प्रयास गरिएको बताइन् । उपप्रमुख डंगोलले फोहोर व्यवस्थापनका लागि विभिन्न अवधारणा अघि सारिएको र तीमध्ये उपयुक्त विधिको छनौट गर्ने योजना रहेको जानकारी समेत गराइन् ।
राजदूत क्याप्लरले सहरी विकासका पूर्वाधार, सम्पदा क्षेत्रका संरचनाको व्यवस्थापन, महानगरको निर्णय प्रक्रिया लगायत विषयमा जिज्ञासा राखेकी थिइन् ।
प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९ १९:४१
प्रतिक्रिया दिनुहोस्