नेभिगेशन
सुरक्षा–अपराध

उपप्रधान एवं गृहमन्त्री लामिछानेको अध्यक्षतामा पहिलो केन्द्रीय सुरक्षा समितिको बैठक बस्यो

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री बनेपछि रवि लामिछानेको अध्यक्षतामा केन्द्रिय सुरक्षा समितिको पहिलो बैठक बसेको छ ।

 

मंगलबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा नेपाली सेनाका एक जना रथीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव फणिन्द्र पोखरेल लगायत सहभागी थिए ।

 

बैठकमा सहभागीहरूले गृहमन्त्री लामिछानेलाई देशकाे सुरक्षा स्थितिबारे व्रिफिङ गरेका छन् । पहिलो बैठकमा खास एजेण्डा नभएकाले सामान्य छलफल भएकाे बैठकमा सहभागी एक अधिकारीले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ