अमेरिकी र युरो बढे पनि बेलायती पाउण्ड घट्यो, के छ अन्य देशको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ २६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९० पैसा र विक्रीदर ३० रूपैयाँ ०४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १७ पैसा र बिक्री दर ३५ रूपैयाँ ३३ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९ ०६:१९
प्रतिक्रिया दिनुहोस्