चिसोमा हुने एसिडिटी, झाडापखाला र कब्जियतको भए के गर्ने ?
काठमाडौँ – चिसो बढेपछि हामीले खानपिनमा त्यतिध्यान दिदैनौँ । पानी कम पिउने भएका कारण समस्या हुन्छ । खानपानको गडबडी वा थोरै असावधानीले पनि हाम्रो पेटमा समस्या आउने गर्दछ । पेटको समस्या अहिले धेरैका लागि आम बनिसकेको छ । एसिडिटी, कब्जियत, झाडापखाला लगायतका समस्याले अहिले धेरैलाई सताउने गरेको छ । यस्तोमा पेटका यी समस्याबाट कसरी मुक्ति पाउने त ?
झाडापखाला
– अदुवाको एक सानो टुक्रा पोल्ने र त्यसमा एक चिया चम्चा मह मिसाएर सेवन गर्ने ।
– पाकेको केरालाई दहीमा मिसाएर सेवन गर्दा पनि झाडापखाला ठिक हुन्छ ।
– दुई ठुलो चम्चा दहीमा आधा चिया चम्चा मेथी दाना र जिरा मिसाएर सेवन गर्ने ।
एसिडिटी
– एक कप पानीमा तीन वटा सुकुमेलको पाउडर मिसाएर उमाल्ने र चिसो बनाएर पिउने । – एक मुठि तुलसीको पत्ता राम्ररी पखाल्ने र चपाउने ।
– एक चम्चा मेथी दानामा थोरै पानी मिसाएर पेस्ट बनाउने र त्यसलाई छानेर रस पिउने ।
कब्जियत
– हरेक दिन आधा गिलास मनतातो पानीमा आधा चम्चा भुटेको जिरा पाउडर सेवन गर्ने ।
– दिनमा दुई पटक एक चिया चम्चा त्रिफला पाउडर र मह मिसाएर सेवन गर्ने ।
– आधा गिलास पालुङ्गोको जुसमा आधा गिलास पानी मिसाएर दिनको ३ पटकसम्म पिउने ।