Nic Ad Nic Ad
Nic Ad Nic Ad

सोचे अनुसारको आर्थिक लाभ नहुनुका कारक यी हुनसक्छन्

बुधबार, पुस १३, २०७९
काठमाडाैँ –  हिन्दु धार्मिक मान्यता अनुसार जसले नियमित माता लक्ष्मीको उपासना गर्दछ उसलाई धनको कहिल्यै अभाव हुँदैन । तर, कतिपयले नियमित लक्ष्मीको उपासना गरेर पनि सोचे अनुसारको आर्थिक लाभ पाइरहनु भएको छैन भने यसमा केही गल्तीहरू कारक हुन सक्ने धार्मिक मान्यता छ । यदि यी गल्तीमा सुधार गरेमा माता लक्ष्मीको कृपा प्राप्त हुने र धन लाभ हुने धार्मिक मान्यता छ ।
 
 
– महिलाको आदर
धार्मिक मान्यता अनुसार जुन घरमा महिलाको आदर हुँदैन उक्त घरमा लक्ष्मीको कृपा हुँदैन । माता लक्ष्मी केवल ती घरमा प्रवेश गर्छिन् जहाँ महिलाको सम्मान र आदर हुन्छ । तसर्थ घरका महिला वा आफन्त तथा सहकर्मीलाई समेत आदर गर्नुपर्ने मान्यता छ । यदि कोही महिला तपाईँका कारणले रिसाएका छन् वा उनीहरूको चित्त दुखेको छ भने तत्काल मनाउने र प्रसन्न पार्ने प्रयास गर्नुपर्ने मान्यता छ । यो केवल पुरुषमा मात्र नभई महिला पुरुष दुबैमा लागु हुन्छ ।
 
 
– नियमित शुक्रवार व्रत
शुक्रवार माता लक्ष्मीको विशेष उपासना गर्ने दिन भएकाले हरेक साता शुक्रवार माता लक्ष्मीको पुजा अर्चना वा उपासना गरेमा लक्ष्मी प्रसन्न भई मन वाञ्छित फल दिने धार्मिक विश्वास छ । यसका लागी शुक्रवार बिहान सबेरै उठेर नुहाई धुवाई गरी पवित्र मनले माता लक्ष्मीको पूजा गरी श्रद्धापूर्वक प्रसाद चढाएमा लक्ष्मीको कृपा बर्सन सुरु हुने मान्यता छ । 
 
 
– वास्तु दोष
यदि घरमा वास्तु दोष छ भने घरमा लक्ष्मीको कृपा नहुने मान्यता छ । मान्यता अनुसार वास्तु दोष भएको घरको धन नासिएर तथा खर्च भएर जान्छ । वास्तुमा घरको दिशा कस्तो हुनुपर्छ भनी मार्गदर्शन समेत गरिएको छ । जसमा घरको शौचालयदेखि कोठा, भान्सा कुन कुन दिशामा हुनुपर्छ भनेर जानकारी दिइएको हुन्छ । त्यसैले वास्तु नियम पालन गरी मात्र घर बनाउने वा किन्नुपर्ने मान्यता छ ।
 
 
– कुण्डलीमा शुक्र
कुनै व्यक्तिको कुण्डलीमा शुक्र ग्रहको स्थिति मजबुत घरमा छ भने माता लक्ष्मीको कृपा नहुने ज्योतिषीय मान्यता छ । ज्योतिष शास्त्रमा शुक्रलाई सुख, समृद्धिको प्रतीक मानिन्छ । शुक्र ग्रह कमजोर हुने व्यक्तिलाई घरमा आर्थिक समस्या परी रहने मान्यता छ । यदि यस्तो भएमा मयुरको प्वाँख घरमा राखेमा शुक्र मजबुत हुने र लक्ष्मी कृपा बर्सने विश्वास गरिन्छ।
 
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  ०७:३१
प्रतिक्रिया दिनुहोस्