Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलङ्का विरुद्ध टी–२० र एकदिवसीयका लागि भारतीय टोलीको घोषणा

बुधबार, पुस १३, २०७९

काठमाडौं–भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आगामी जनवरीमा श्रीलंकासँग हुने टी–२० र एकदिवसीय शृङ्खलाका लागि भारतीय टोलीको घोषणा गरेको छ । दुवै शृङ्खलाका लागि फरक–फरक कप्तान र उपकप्तान बनाइएको छ ।


टी–२० शृङ्खला जनवरी ३ देखि ७ सम्म हुनेछ । जसका लागि हार्दिक पाण्डेयलाई कप्तान र सूर्यकुमार यादवलाई उपकप्तान बनाइएको छ । सूर्यकुमार यादव उपकप्तानको रुपमा पहिलो पटक भारतीय टोलीमा खेल्दैछन् । टी–२० टोली समावेश खेलाडीहरूमा हार्दिक पाण्डेय (कप्तान), सूर्यकुमार यादव (उपकप्तान), इशान किशन (विकेटकिपर), ऋतुराज गायकवाड, शुभमन गिल, दीपक हुडा, राहुल त्रिपाठी, सञ्जु सैमसन, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, अक्षर पटेल, अर्शदीप सिंह, हर्षल सिंह। पटेल, उमरान मलिक, शिवम मावी र मुकेश कुमार छन् ।


यस्तै, एकदिवसीय शृङ्खला १० देखि १५ जनवरीसम्म हुनेछ । जसमा रोहित शर्मालाई कप्तान र हार्दिक पाण्ड्यालाई उपकप्तान बनाइएको छ । एकदिवसीय टोलीमा समावेश खेलाडीहरूमा रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, सूर्यकुमार यादव, श्रेयस अय्यर, केएल राहुल (विकेटकिपर), इशान किशन (विकेटकिपर), वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, कुलदीप यादव, अक्षर पटेल, मोहम्मद शामी, मोहम्मद सिराज, उमरान मलिक रअर्शदीप सिंह छन् । बंगलादेशसँगको टेष्ट र एकदिवसीय शृंखलामा कप्तान बनेका केएल राहुललाई यसपटक कुनै पनि फर्म्याटमा कप्तान वा उपकप्तान बनाइएको छैन ।

 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १२:१९
प्रतिक्रिया दिनुहोस्