Nic Ad Nic Ad
Nic Ad Nic Ad

बैंकमा तरलता अभाव होइन, व्याज बढी भएको होः कुँबर

बुधबार, पुस १३, २०७९

काठमाडौं । बैंकिङ विज्ञ पर्शुराम कुँबरले बैंकिङ क्षेत्रमा तरलता अभाव भन्ने विषय पुरानो भएको बताएका छन् । बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम (तरलता) अभाव भयो भन्ने गरिए पनि अहिले तरलता अभाव नभएको उनको भनाई छ ।

 

बैंकहरुमा कर्जाको तुलनामा निक्षेपको बृद्धिदर बढी भएकोले अब तरलता अभावको समस्या नरहेको उनको भनाई छ । उनले केही तथ्यांक नै दिएर तरलता अभाव नभएको दाबी गरेका छन् ।

 

‘वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव भन्ने न्यारेटिभ अलि पुरानो हो । विगत ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरु (बैकहरु) को कर्जा जम्मा रु. ८० अर्वले बढेको छ भने निक्षेप रू. ३४२ अर्बले बढेको छ,’ कुँबरले सामाजिक संजाल ट्वीटरमा उल्लेख गरेका छन् ।

 

उनले पुस २०७८ मा बैकहरुले राष्ट्र बैकबाट लिएको पुनरकर्जाको वक्यौता रु १५८ अर्बबाट हाल रु ५०–५५ अर्वको हाराहारीमा घट्दा पनि बैकहरुसँग हिजो पुस १२ गतेको सिडी रेसियोको आधारमा रु २०५ अर्बको थप कर्जा दिन सक्ने क्षमता भएको बताएका छन् । अहिलेको समस्या कर्जायोग्य तरलताको अभावभन्दा पनि उच्च व्याज रहेको उनको विश्लेषण छ ।

 

‘उच्च व्याज कै कारणले कर्जाको माग ह्वात्तै घटेको देखिन्छ (पुसको १२ दिनमा निक्षेप रू २९ अर्वले बढ्दा कर्जा बृद्धि शून्य छ) कुल निक्षेपमा मुद्दतिको अंश बढ्दै गएको र बैकहरुले उच्च व्याजदरमा मुद्दति निक्षेप लिइरहेका कारणले लामो समयसम्म कर्जाको उच्च व्याजदर हुने जोखिम बढेको छ,’ कुँबरले भनेका छन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्