Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मुल्य तोलाको ४ सयले बढ्यो

बुधबार, पुस १३, २०७९

काठमाडौँ–सुनचाँदी बजारमा बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार एक सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख सात सयमा कारोबार भएको सुनको मूल्य बुधबार प्रतितोला ४ सयले बढेको हो  ।


नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला एक लाख छ सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख दुई सय थियो । 


त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा १० ले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार आठ सय ११ दशमलव छ अमेरिकन डलर आसपासमा कारोबार भइरहेको जनाइएको छ । 

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्