Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावटको समस्या देखिएन’

बुधबार, पुस १३, २०७९

काठमाडौं – काठमाडौं उपत्यका खानेपानी लिमिडेटको आयोजना कार्यान्वयन निर्देशनालयबाट मेलम्चीको खानेपानी वितरणका लागि काठमाडौं उपत्यकाभित्र बिच्छ्याइएका खानेपानीका नयाँ पाइलाइनबाट मेलम्चीको खानेपानी वितरण गर्दा चुहावट नभएको पाइएको छ ।

 

काठमाडौंका अनामनगर, थापाथली लगायतका क्षेत्रमा नियमितरूपमा र परीक्षण सम्पन्न भएका अन्य स्थानमा तालिकामा समावेश नगरी खानेपानी वितरण गर्दा चुहावटको समस्या नदेखिएको निर्देशनालयले जानकारी दिएको छ ।

 

खानेपानी चुहावट भएको भनी यस निर्देशनालयमा उपभोक्ताहरूबाट विभिन्न मितिमा आएका जानकारीका आधारमा मर्मतका लागि प्राविधिक टोली पठाउँदा नयाँ पाइपलाइनबाट नभई अधिकाङ्श पुराना पाइपलाइनबाट खानेपानी चुहावट भएको पाइएको छ ।

 

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा तेस्रो पक्ष लगायतबाट सडक तथा ढल निर्माण/मर्मत, विद्युतलाइन र टेलिफोनका तार भूमिगत गर्ने लगायतका कार्य हुँदा क्षतिपुगेका खानेपानी वितरण प्रणालीका ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका पाइपलाइनमध्ये अधिकाङ्शको मर्मत कार्य सम्पन्न भइसकेको छ ।

 

तर, तेस्रो पक्ष लगायतबाट विभिन्न कारणले खानेपानीका पाइपलाइनमा क्षति हुन नछाडेकाले खानेपानीका पाइपलाइनमा क्षति पुग्नेगरी कुनै काम नगर्न÷नगराउन निर्देशनालयले सम्बन्धित सबै निकायहरूको ध्यानाकर्षण पनि गराएको छ ।

 

निर्देशनालयबाट काठमाडौं उपत्यकाका विभिन्न स्थानमा पहिलो चरणमा बिच्छ्याइएका १ हजार १० किलोमिटर खानेपानीका नयाँ पाइपलाइन मध्ये करिव ५५० किलोमिटर पाइपलाइनको परीक्षण गर्ने कार्य सम्पन्न भएको निर्देशनालयले जानकारी दिएको छ ।

 

हाल काठमाडौंका सिनामङ्गल, कोटेश्वर, नरेफाँट, पुरानो बानेश्वर, बत्तीसपुतली, रातोपुल, ज्ञानेश्वर, हाँडीगाऊँ लगायतका क्षेत्र र ललितपुरका ग्वार्को, मङ्गलबजार, बालकुमारी, सुन्धारा, बगलामुखी, कृष्णमन्दिर, कुपण्डोल, पुल्चोक, मानभवन, लगनखेल लगायत अन्य क्षेत्रमा खानेपानीका नयाँ पाइपलाइनको परीक्षण गर्ने कार्यलाई तीब्रता दिइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्