नेपाल टी–२० : विराटनगरको पहिलो जित, पोखराको लगातार चौथो हार
काठमाडौं– विराटनगर सुपर किंग्सले नेपाल टी–२० लिगमा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार भएको खेलमा हुसेन तलतको अर्धशतक मद्दतमा विराटनगर सुपर किंग्सले पहिलो जित निकालेको हो ।
खेलमा तलतको अविजित ५० रन मद्दतमा विराटनगरले १४० रनको लक्ष्य ४ विकेट गुमाएर १७ दशमलव ५ ओभरमै पुरा गरेको हो । तलतले ३० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । उनले २ विकेट समेत लिएका थिए । त्यस्तै, अर्जुन साउदले २५, कप्तान आन्द्रे म्याककार्थीले २१ र पृथु बास्कोटाले १५ रन जोडे । विवेक यादव १४ रनमा अविजित रहे ।
किंग्सको जितसँगै पोखराको यो लगातार चौथो हार हो । लगातार तीन हारपछि कप्तान शरद भेषावकरको स्थान परिवर्तन गर्दै उपुल थरंगालाई कप्तान नियुक्त गरेको थियो । तर, चौथो खेलमा समेत कप्तान थरंगाले पोखरालाई जित दिलाउन सकेनन् । पोखराको तर्फबाट कुशल मल्लले लगातार दोस्रो खेलमा पनि अलराउण्ड प्रदर्शन गरे ।
पोखराका लागि कुशल मल्लले १८ बमा ३ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ३७ रन बनाए । मल्ल र भेषावकरले समान २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १९ ओभरमा घटाइएको खेलमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो । त्यस्तै सिद्धान्त लोहनीले १६ र थरंगाले १९ रन बनाए । विराटनगरका लागि हुसेन तलत र राज नन्ननले २(२ विकेट लिए भने नन्दन यादव, आन्द्रे म्याककार्थी र शाहब आलमले समान १ विकेट लिए ।