Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री मोदी आमाको स्वास्थ्यस्थिति बुझ्न अस्पतालमा

बुधबार, पुस १३, २०७९

अहमदाबाद– प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमा हीराबेन मोदीको स्वास्थ्यस्थितिबारे जानकारी लिन यहाँस्थित यूएन मेहता मुटुरोग तथा अनुसन्धान केन्द्र आएका छन् । प्रधानमन्त्रीकी आमालाई हिजो उपचारार्थ केन्द्रमा भर्ना गरिएको हो ।

 

हिराबेन मोदीको स्वास्थ्य अवस्था स्थिर रहेको केन्द्रले  आज एक विज्ञप्ति निकालेर जनाएको छ । हालै सम्पन्न गुजरात विधानसभा चुनावका बेला प्रधानमन्त्रीले एक सय वर्षकी आमालाई भेटेका थिए ।

 

प्रधानमन्त्रीकी आमाले चुनावको दोस्रो चरणमा मतदान पनि गरेका थिइन् ।

प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्