यस्तो छ आजको विनिमय दर
काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रूपैयाँ २८ पैसा र बिक्री दर १३२ रूपैयाँ ८८ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ७३ पैसा र बिक्री दर १४१ रूपैयाँ ३७ पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३२ पैसा र बिक्री दर १६० रूपैयाँ ०४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २० पैसा र बिक्री दर ३६ रूपैयाँ ३७ पैसा रहेको छ ।
मलेसियन रिङ्गेट १ को खरिददर २९ रूपैयाँ ९१ पैसा र विक्रीदर ३० रूपैयाँ ०५ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३५ रूपैयाँ १९ पैसा र बिक्री दर ३५ रूपैयाँ ३५ पैसा रहेको राष्ट्रबैंले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ ०६:१७
प्रतिक्रिया दिनुहोस्