जीवन बदल्ने महर्षि वाल्मीकिका अनमोल वचनहरू
काठमाडाैँ – हिन्दु धर्ममा महर्षि वाल्मीकिलाई उच्च सम्मान प्रदान गरिन्छ । उनले लेखेका रामायण अझै पनि मानिसको जीवनका लागी प्रेरणा बन्ने गरेको छ । यस्तै महर्षि वाल्मीकिको जीवनबाट पनि हामीले धेरै कुरा सिक्न सक्छौ । आफूलाई बदल्ने चाहाना भएकाहरूले महर्षि वाल्मीकिका जीवन र केही अनमोल वचनबाट प्रेरणा लिन सक्छौँ ।
– यस संसारमा दुर्लभ केही पनि छैन, यदि उत्साह नछाड्ने हो भने ।
– अहङ्कार मानिसको सबैभन्दा ठुलो दुष्मन हो । यसले सुनको हारलाई पनि माटो बनाइदिन्छ ।
– यदि कसैसँग इच्छाशक्ति छ भने, उसले जतिसुकै कठोर काम सजिलै गर्न सक्छ । इच्छाशक्ति र दृढसंकल्पले मानिसलाई राजा बनाउँछ ।
– आमाबुबाको सेवा र उनीहरुको आज्ञा पालन गर्नु जस्तो अर्को कुनै धर्म छैन ।
– प्रियजनलाई पनि मोहवश अत्यधिक प्रेम गर्दा यश नष्ट हुन्छ ।
– दुःख र विपद् जीवनका यस्ता दुई पाहुना हुन्, जो निमन्त्रणा बिना नै आइपुग्छन् ।
– मानिसको आचरणले बताउँछ ऊ कुलिन हो वा होइन, वीर हो वा कायर, पवित्र हो वा अपवित्र ।
– सेवाबाट शत्रु पनि मित्र हुन्छन् ।
– कुनै कुरालाई अत्यन्त प्रेम गर्नु वा प्रेमको सर्वथा अभाव हुन नदिनु, दुवै महान् दोष हो । अतः मध्यम स्थितिमा दृष्टि राखौँ ।
– भाग्यको कल्पना मूर्ख व्यक्तिले गर्छन्, जो भाग्यमा निर्भर भएर आफैलाई नष्ट गर्छन् ।
– उत्साह, सामर्थ्य र मनमा हिम्मत नहार्नु, कुनै पनि कार्य सम्पन्न गर्न सक्ने गुण हुन् यी ।
– हुने घटनाप्रति दुख मनाउनु कायरता वा अज्ञानता हो ।