Nic Ad Nic Ad
Nic Ad Nic Ad

फुटवलर पेलेको स्वास्थ्य अवस्था गम्भीर

बिहीबार, पुस १४, २०७९

काठमाडौँ – ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । तीन पटकका विश्वकप विजेता उनको अल्बर्ट आइन्स्टाइन अस्पताल उपचार भइरहेको छ ।  विश्वविख्यात ८२ वर्षीय पूर्व खेलाडी पेलेले जीवनका लागि सङ्घर्ष गरिरहेका छन् । 

 


चिकित्सकहरूले गत हप्ताको प्रारम्भमा तीन पटक विश्वकप विजेता पेलेको क्यान्सर बढेको तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित भएका र उच्च रेखदेखमा रहेका बताएको थियो । त्यसपछि उनको स्वास्थ्यस्थिति बारे अस्पतालले केही नबताएको अन्तर्राष्ट्रिय संचार माध्यामले जनाएका छन् । 

 

गत नोभेम्बर २९ मा अस्पताल भर्ना भएका उनी कोभिड–१९ बाट समेत पीडित भएका थिए । 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०६:३६
प्रतिक्रिया दिनुहोस्