Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ताछन् नियमित सहवासका फाइदाहरु

बिहीबार, पुस १४, २०७९

काठमाडौँ – सहवासलाई मनोरञ्जन मात्र ठान्नु गलत हुन्छ । यो आनन्दका लागि मात्र होइन । यो स्वास्थ्यका लागि पनि हो । अझ नियमित सम्भोगले मानव स्वास्थ्यलाई निकै लाभ पुर्‍याएको हुन्छ । सहवासले केवल निद्रा पार्ने मात्र होइन मोटोपना घटाउन तथा तनाव कम गर्न समेत सहयोग गर्छ । 

 

नियमित सहवासले शरीरमा प्रतिरोधात्मक क्षमता बढाउने एन्टीबडी इम्युनोग्लोबुलिन ए (आइजीए) को मात्रा बढाउँछ । हप्तामा दुई पटक भन्दा बढी सहवास गर्ने पुरुषमा महिनामा एक पटक भन्दा कम सम्भोग गर्ने पुरुषमा भन्दा हृदयाघात हुने जोखिम आधाले कम हुन्छ ।

 

काम वा पारिवारिक समस्याका कारण तनावमा हुनुहुन्छ ? तनावको असर आफ्नो यौन जीवनमा पर्न नदिनुहोस् । नियमित सम्भोगले उल्टै तपाईँको मुडमा सुधार गरी तनाव कम गरिदिने मात्र होइन तनाव व्यवस्थापन गर् नसक्ने क्षमता प्रदान गर्ने विज्ञहरूको भनाइ छ ।

 

यदि टाउको दुख्यो भनेर सहवास टार्ने कोसिस गर्दै हुनुहुन्छ भने अबदेखि यसो गर्न छाड्नुस् । सम्भोगका बेला शरीरमा अक्जिटोसिन नामक हर्मोनको मात्रा ५ गुणाले बढ्छ । यो हर्मोनले शरीरमा दुखाइ तथा पीडा कम गराउन सहयोग पुराउँछ ।

 

सम्भोगको चरम उत्कर्षका बेला शरीरमा उत्पादन हुने डिहाइड्रोइपीएन्ड्रोस्टेरोन हर्मोनले जिउमा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै क्षयकृत तन्तुहरूको पुन निर्माण गर्नुका साथै छालालाई समेत स्वस्थ राख्न मद्दत गर्छ । एक अध्ययन अनुसार हप्तामा कम्तीमा २ पटक चरम आनन्द प्राप्त गर्ने मानिसहरू केवल हप्ताको एक चोटि चरम आनन्द प्राप्त गर्नेभन्दा धेरै बाँच्ने गरेको पाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  ०६:५८
प्रतिक्रिया दिनुहोस्