भारतमा भागदौड मच्चिँदा ८ जनाको मृत्यु, केही घाइते
काठमाडौँ – भारतमा भागदौड मच्चिदा ८ जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक कार्यक्रममा भागदौड मच्चिँएको भारतीय संचार माध्यामले जनाएका छन् ।
कुन्दुकुर शहरमा हुने सभालाई सम्बोधन गर्न गएका उनलाई भीँडले पछ्याउँदा भागदौड मच्चिँएको हो । बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो । जम्मा भएको ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको भाततीय संचारमाध्यामले जनाएका छन्।
स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र आठ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना भएपछि पूर्वमुख्यमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम पनि रद्द भएको थियो । नायडले मृतकको परिवारलाई १० लाख भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ ।