Nic Ad Nic Ad
Nic Ad Nic Ad

जापानमा कोरोनाबाट एकै दिन साढे ४ सय जनाको मृत्यु

बिहीबार, पुस १४, २०७९

एजेन्सी- जापानमा काेराेना भाइरसकाे संक्रमण तीव्र रूपमा फैलिएको छ। जापानमा बुधबार मात्रै झण्डै साढे ४ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ। यो तथ्यांकपछि थप झन्डै २ सय मानिसको कोरोना संक्रमणबाट मृत्यु भएको ओल्डोमिटरले उल्लेख गरेको छ। 

 

हिजो २ लाख १६ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये २० हजार २ सय ४३ केस राजधानी टोक्योमा मात्रै भेटिएका थिए ।

 

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनुसार पछिल्लो १ हप्तामा चीनपछि सबैभन्दा बढी जापानमा कोरोना संक्रमण फैलिएको छ । 

 

कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि र मृत्यु हुनेको संख्या पनि अचानक बढेपछि जापान सरकारले लकडाउनलगायत विकल्पमा छलफल सुरु गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १०:२२
प्रतिक्रिया दिनुहोस्