पोखरामा पहिलो पटक प्रदेशस्तरीय फुटसल हुँदै
पोखरा- हिसान गण्डकीको आयोजनामा फागुनमा पहिलो फुटसल प्रतियोगिता हुने भएको छ । फागुनमा प्रदेशभरका जिल्लाका खेलाडीबीच फुटसल प्रतियोगिता गर्न लागिएकाे हो ।
त्यसका लागि कास्कीको छनोट माघको ६ देखि ८ गतेसम्म हुनेछ । हिसान गण्डकीको सदस्य विद्यालयबीच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी सहभागी हुन पाउने अध्यक्ष यामबहादुर रोकाले जानकारी दिए ।
उनका अनुसार कास्कीबाट मात्रै ८ र अन्य जिल्लाका ८ गरी १६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले नगद १ लाख पाउने छन् भने उपविजेताले ५० हजार पाउने छन् । कास्कीबाहेक गण्डकीका अन्य जिल्लाको छनाेट पनि पुस महिनामा सक्ने हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १०:२८
प्रतिक्रिया दिनुहोस्