Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतमा निर्मित खोकीको औषधि खाँदा १८ बालबालिकाको मृत्यु

बिहीबार, पुस १४, २०७९

उज्वेकिस्तान- उज्वेकिस्तानले भारतमा निर्मित खोकीको झोल औषधि खाँदा कम्तीमा १८ बालबालिकाको मृत्यु भएको दाबी गरेको छ ।

 

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति जारी गर्दै मृत्यु भएका बालबालिकाले नोएडास्थित मेरियन बायोटेकले बनाएको झोल औषधि डक-१ म्याक्स सेवन गरेको जनाएको छ ।

 

सिरपको ब्याचको प्रयोगशाला परीक्षणमा औषधिमा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको मन्त्रालयले जनाएको छ ।

 

बच्चाहरूलाई घरमा डाक्टरको प्रेस्क्रिप्सनबिना उनीहरूका आमाबाबु वा औषधि विक्रेताको फार्मासिस्टको सल्लाहमा दिइएको पाइएको पनि मन्त्रालयले जनाएको छ ।

 

त्यस्तै, बच्चाहरूको लागि मानक डोजभन्दा बढी औषधि दिइएको थियो । कम्पनीको वेबसाइटअनुसार उक्त औषधि चिसो र फ्लुको लक्षण भएका बिरामीको उपचारमा प्रयाेग गरिन्छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १०:३८
प्रतिक्रिया दिनुहोस्