नेभिगेशन
सुरक्षा–अपराध

कूटनीतिज्ञ र नेतासँग भेट्दा अनिवार्य अनुमति लिन सुरक्षाकर्मीलाई गृहकाे निर्देशन

काठमाडौं– सुरक्षाकर्मीले कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतालाई भेट्दा अनिवार्य रूपमा विभागीय स्वीकृति लिनुपर्ने भएकाे छ । 

 

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणीन्द्रमणि पोखरेलले बिहीबार विज्ञप्ति जारी गर्दै सुरक्षाकर्मीले कूटनीतिक नियोग, राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुपरेमा अनिवार्य विभागीय अनुमति लिनुपर्ने निर्देशन जारी गरिएको बताएका हुन् । 

 

‘सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग, विभिन्न राजनीतिक दलका कार्यालय वा नेतृत्वसँग भेटघाट गर्नुपर्ने भएमा स्पष्ट प्रयोजन साथ विभागीय स्वीकृति लिएर मात्र गर्नु गराउनु हुन तथा सोको प्रभावकारी कार्यान्वयन तथा अनुगमन सम्बन्धित संगठन प्रमुखले मिलाउनहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । 

 

निर्देशन विपरीत सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक दलका नेतासँग भेट गरे/गराएको पाइएमा अनुशासनसम्बन्धी कारबाही हुने चेतावनी गृहकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ