Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाहीका तत्कालीन प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

बिहीबार, पुस १४, २०७९

काठमाडौँ– सर्लाहीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्यामकिशोर रायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

 

आयोगले रामजानकी मन्दिर निर्माणमा वास्तविक कार्यभन्दा बढी कार्य भएको भन्दै नक्कली बिल बनाई आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

आयोगले उनीविरुद्ध ९७ हजार ८४० रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

 

उनीसँगै तत्कालीन इन्जिनियर रामविनयप्रसाद यादव, सबइन्जिनियर उमेशकुमार दास, अध्यक्ष रामभरोसी मण्डल, सचिव बालमेश्वर शाह र कोषाध्यक्ष रिना कुमारीको पनि संलग्नता रहेको आरोप लगाइएकाे छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्