अंग्रेजी नयाँ वर्षका लागि पर्यटकीय गन्तव्यका होटल शतप्रतिशत बुकिङ
काठमाडौँ– अंग्रेजी नयाँ वर्ष लक्षित पर्यटकीय गन्तव्यहरूका लागि होटल शतप्रतिशतसम्म बुकिङ भएको व्यवसायीहरूले बताएका छन् ।
अंग्रेजी नयाँ वर्ष मनाउनका लागि पर्यटकीय गन्तव्यहरूमा आन्तरिकसँगै विदेशी पर्यटकको चहलपहल सुरू भएसँगै होटल बुकिङ शतप्रतिशतसम्म पुगेको होटल व्यवसायीहरूले बताएका हुन् ।
अंग्रेजी नयाँ वर्षमा विशेष गरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय गन्तव्यका होटल तथा रिसोर्टहरू भरिभराउ भएर बुकिङ फुल भएको व्यवसायीहरूले बताएका छन् ।
होटल संघ नेपाल (हान) का उपाध्यक्ष विनायक साहले अंग्रेजी नयाँ वर्षमा पर्यटकीय गन्तव्यहरूका होटलहरूको बुकिङ शतप्रतिशत रहेको बताए । उपाध्यक्ष साहले पर्यटकीय गन्तव्यहरूका होटलहरूको बुकिङ शतप्रतिशतसम्म रहेको बताएका हुन् ।
उनले विशेष गरी पोखरा, चितवन, भैरहवा, धुलिखेल, नगरकोटलगायत पर्यटकीय गन्तव्यका होटल तथा रिसोर्टहरू नयाँ वर्ष लक्षित २ दिनका लागि फुल ‘अकुपेन्सी’ हुने बताए ।
उनले विशेष गरी युवा वर्गले नयाँ वर्ष पर्यटकीय गन्तव्यमा गएर मनाउने भएकाले होटलहरूको बुकिङ राम्रो हुने बताए ।
उनले अंग्रेजी नयाँ वर्षमा आन्तरिक मात्रै नभएर विदेशी पर्यटकको संख्या पनि बढेकाले होटलहरूको अकुपेन्सी राम्रो रहेको बताए । उपाध्यक्ष साहले नयाँ वर्षको अवसरमा शतप्रतिशत अकुपेन्सी पुगे पनि समग्र नेपालका होटलहरूको अकुपेन्सी ३० प्रतिशत मात्रै रहेको बताए ।
उनले विभिन्न चार्डपर्वमा हुने अकुपेन्सी २-३ दिनका लागि मात्रै हुने बताए । उनले समग्र रूपमा हेर्दा ७० प्रतिशत होटलमा अकुपेन्सी हुन नसकेको बताए । उनले अब पर्यटक पूर्वधारहरू विस्तार गरी १२ महिना नै ८० प्रतिशत अकुपेन्सी पुर्याउन आवश्यक रहेको बताए । उपाध्यक्ष साहले २०२२ को तुलनामा सन् २०२३ मा पर्यटन क्षेत्र राम्रो हुने आशा रहेको बताए ।