७ प्रतिशतले बढ्यो धान उत्पादन
काठमाडौँ– कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष ४ लाख ३९ हजार ४६७ टन बढी धान उत्पादन भएको छ । गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ५७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । देशभर यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको छ ।
मन्त्रालयका अनुसार देशभर चैते र बर्खे सिजनको गरी कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो । धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।
समग्र उत्पादकत्वमा भने ९.१२ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४१ टन धान उत्पादन भएकामा अहिले ३.७९ टन उत्पादन भएको छ ।
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९ १६:०३
प्रतिक्रिया दिनुहोस्