Nic Ad Nic Ad
Nic Ad Nic Ad

समयभित्र मल खरिद नगर्ने ५ कम्पनी कालोसूचीमा

बिहीबार, पुस १४, २०७९

कृषि तथा पशुपंन्छी विकास मन्त्रालयको सिफारिसमा रासायनिक मल नल्याउने ५ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिएको छ । विध म्यानेजमेन्ट, सिल्क मार्केट, सिनोमायक, ग्लोबल म्याक्ट्रिक्स र सिल्क मार्केटसहित २४ वटा कम्पनीलाई कालो सूची सिफारिस गरेको सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार एक सूचना जारी गदै कालोसूचीमा राखिएको कम्पनी नाम सार्वजनिक गरेको छ ।

 

अब यी कम्पनीले तीन वर्षका लागि कुनै पनि सार्वजनिक खरिदमा भाग लिन पाउने छैनन् । कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयको सिफारिसमा अन्तर्राष्ट्रिय कम्पनी सिल्क मार्केट र यसका मुख्य व्यक्ति अजय थापा, सिनोम्याक (एचआई सांघाई इन्टरनेश्नल ट्रेड कम्पनी र यसका मुख्य व्यक्ति वीफेङ्ग, ग्लोबल म्याक्ट्रिक्स ट्रेडिङ र यसका मूख्य व्यक्ति नवीन तुलाधर, विध म्यानेजमेन्ट कुपोन्डोल र यसका मुख्य व्यक्ति भीमकान्त भण्डारी र सिल्क मार्केट नक्साल र यसका व्यक्ति रमेश शेर्पालाई ३ वर्षसम्मको लागि कालोसूचीमा राखेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/०७९ मा ५० हजार मेट्रिक टन युरिया आयात गर्न ठेक्का पाएका थिए ।

 

सिल्क मार्केट, सिनोमायक, विध म्यानेजमेन्ट, ग्लोबल म्याक्ट्रिक्सले २५९२५ हजार मेट्रिक टन युरियाको ठेक्का लिएका थिए । भने सिल्क मार्केटले ५ हजार मेट्रिकटन डिएपी आयातको ठेक्का पाएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १६:२९
प्रतिक्रिया दिनुहोस्