Nic Ad Nic Ad
Nic Ad Nic Ad

३० वर्षयता धान उत्पादन बढ्दो, आयात चुलिँदै

बिहीबार, पुस १४, २०७९

काठमाडौँ– देशभर यो वर्ष धान उत्पादन करिब ७ प्रतिशतले बढेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले आजै सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।  गत वर्ष कुल ५० लाख ५७ हजार ५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ५ सय ७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकै तथ्यांकलाई आधार मान्ने हो भने यो वर्ष  ४ लाख ३९ हजार ४ सय ६७ टन बढी धान उत्पादन भएको छ । 


मन्त्रालयका अनुसार देशभर चैते र बर्खे सिजनको गरी कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो । धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफलमा २ प्रतिशतले कमी आएको मन्त्रालयले जनाएको छ ।


सरकारको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७–०७८ मा ५६ लाख २१ हजार मेट्रिक टन धान उत्पादन भएको छ । तर, यो आर्थिक वर्षमा बेमौसमी बर्षा कात्र्तिकमा थन्काउन लागेको धान नष्ट गर्दा ५ प्रतिशत धान उत्पादनमा गिरावट आएको थियो ।  कृषि मन्त्रालयको पछिल्लो ३० वर्षको तथ्यांकमा धान उत्पादनमा ६० प्रतिशत र उत्पादकत्वमा करिब ५९ प्रतिशत वृद्धि भएको देखिन्छ । तर, आयात पनि बढ्दै जाँदा यो असन्तुलनलाई सरकारले ध्यान नदिएको देखिन्छ । 


मनसुनले राम्रो साथ दिएको हँुदा आव २०७६–७७ मा पनि धानको उत्पादन १२ देखि १३ प्रतिशतले बढेको कृषि मन्त्रालयको वार्षिक प्रतिवदेनमा छ । सो आवमा ५२ लाख ७८ हजार छ सय मेट्रिक टन धान उत्पादन भएको थियो ।  विगत एक दशकदेखि धान उत्पादन बढ्दो क्रममा रहेको कृषि विभागका महानिर्देशक डा. रेवती रमण पौडेलले जानकारी दिए । धान उत्पादन सुखद रुपमा बढेको छ । अब हामीले धान खेतीमा आधुनिक प्रविधि अपनाउनुपर्ने उनले बताए  । ‘धान उत्पादनमा आत्मनिर्भर हुने प्रयास भइरहेको छ । केही वर्षमा सफल हुन्छ । अहिले हामीलाई  धानमा आत्मनिर्भर हुन करिब ९ लाख मेट्रिक टन धान आवश्यक छ ।’ उनले भने । 


धानमा आत्मनिर्भर मात्र होइन । निर्यात गर्ने लक्ष्य समेत रहेको उनको भनाइ छ ।  


५ वर्षको धान उत्पादन 

२० वर्षयता १४ लाख ६९ हजार ५४५ हेक्टरमा धान रोपाइँ हुँदै आएको कृषि मन्त्रालयको तथ्यांकमा छ ।  २०७५–७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै, आव धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ ।


यस्तै, २०७३–७४ मा  ५२ लाख ३० हजार ३२७  मेट्रिक टन, २०७४–७५ मा ५१ लाख ५१ हजार मेट्रिक टन, २०७५–७६ मा कुल ५६ लाख १० हजार मेट्रिक टन, २०७२–७३ मा ४२ लाख ९९ हजार ७८ मेट्रिक टन, २०७२–७३ मा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन, २०७१–७२ ५० लाख ८९ हजार मेट्रिक टन र २०७० –७१ मा ५० हजार ९६ लाख ११ हजार २ सय मेट्रिक टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्यांकमा छ ।


२०७४–७५ मा झन्डै २०–२४ अर्ब रुपैयाँको चामल आयात भएको थियो । तर, आर्थिक वर्ष २०७६–७७ यता वार्षिक करिब ५५ अर्ब रुपैयाँभन्दा बढीको चामल आयात हुने गरेको कृषि मन्त्रालयकै तथ्यांकमा छ । गत आर्थिक वर्षमा ५२ अर्बको चामल आयात भएको मन्त्रालयले जनाएको छ ।


धान उत्पादन बढनु राम्रो र कृषिमा किसानको आकर्षण बढेको कृषिविज्ञ गोविन्द आचार्य बताउँछन् । सरकारले यहि बेला कृषिमा उत्पादन बढ्ने खालका र कृषिमा कृषकको आकर्षण बढाउने योजना ल्याउनुपर्ने विज्ञ आचार्यले जानकारी दिए । कृषि मन्त्रालयले धानको उत्पादन बढ्यो भनेर संख्या र प्रतिशत गन्नुभन्दा उत्पादन बढाउने योजना ल्याएर काम गर्नुपर्ने उनको सुझाव छ ।  

 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:५८
प्रतिक्रिया दिनुहोस्