Nic Ad Nic Ad
Nic Ad Nic Ad

सक्किगोनी हास्य टेलिश्रृङ्खलाले १०० औं भाग मनाउन सफल

बिहीबार, पुस १४, २०७९

काठमाडौं । सक्किगोनी हास्य टेलिश्रृङ्खलाले १०० औं भाग मनाउन सफल भएको छ । समाजमा हुने गरेका बेथिति, बिसंगति विरुद्ध सजिव अभिनयद्वारा नेपाल र विश्वका दर्शकलाई भरपेट मनोरञ्जन दिन सुरु गरिएको हास्य टेलिश्रृंखला सक्किगोनिले सिजन–२ को १०० औँ भाग मनाउन सफल भएको हो ।

 

१०० औं भाग मनाउन सफल भएकोमा बिहीबार  राति ९ बजे इएच डिजिटलमा विशेष कार्यक्रम आउँदैछ । यस अवसरमा शुभकामना दिदै इएच डिजिटलका अध्यक्ष हरि सुवेदीले सक्किगोनि टिमलाई बधाई तथा शुभकामना दिदै यो सहकार्य निरन्तर रहिरहने बताएका छन ।

 

हास्य विधामा फरक इतिहास रच्न सफल यो सिरियलका प्रमुख पात्रहरु तथा निर्देशकद्वय अर्जुन घिमिरे (पाडेँ), कुमार कट्टेल (जिग्रि) ले यो साता आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोलुखुम्बु जिल्लाको पातलेमा आफ्नो टिमका प्राविधिक र कलाकारलाई सम्मान पत्र वितरण गर्नुको साथै नेचाको गुरुकुल विद्यालयमा अध्ययनरत ४५ जना विद्यार्थीलाई न्यानो ज्याकेट वितरण गरेको छ ।

 

उक्त अवसरमा सक्किगोनि कार्यक्रम आम दर्शकको सम्पत्ति भएको कारण दर्शकको भावना, रुचि र मनोविज्ञानलाई प्राथमिकतामा राखि देश, समाजमा रहेका बेथिति, बिसंगति, पात्र, प्रवृत्तिमाथि तिखो व्यङ्ग गदै समाजमा राम्रो पैरवी गर्ने आफ्नोे सोच रहेको उहाँहरुले बताउनुभएको छ । अन्य समयमा पनि आफूहरुले सामाजिक कामहरु गर्ने गरेको तर प्रचार गर्न नचाहेको उनीहरुको भनाइ छ । 

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:३६
प्रतिक्रिया दिनुहोस्