Nic Ad Nic Ad
Nic Ad Nic Ad

महानगरले सुकुम्बासी बस्ती हटाउन गृहसँग सहयोग माग्यो

बिहीबार, पुस १४, २०७९

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती हटाउन काठमाडौं महानगरपालिकाले गृह मन्त्रालयसँग सहयोग मागेको छ ।

 

महानगरले बिहीबार एक पत्र पठाउँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन र समन्वयका लागि मन्त्रालयसँग आवश्यक सहयोग मागेको हो ।

 

महानगरको पत्रमा भनिएको छ, ‘थापाथलीस्थित बागमती नदी किनारमा अव्यवस्थित–अनाधिकृत रुपमा रहेको संरचना हटाइ सो क्षेत्रको संरक्षण एवं सौन्दर्यकरण गर्ने कार्य तत्काल अगाडि बढाउन बागमती सभ्यता एकीकृत विकास परीयोजना समेतबाट अनुरोध भइआएको र सो क्षेत्र खाली गराउन महानगरबाट आवश्यक सबै समन्वय र प्रयास अगाडि बढाइएको भएतापनि सो सफल हुन सकेको अवस्था छैन ।’

 

महानगरले पत्रमार्फत मन्त्रालयलाई थापाथलीमा अनाधिकृत संरचना हटाई सौन्दर्यकरणको कार्य तत्काल सुरु गर्ने कार्यक्रम रहेको जानकारी गराउँदै सो संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १८:३८
प्रतिक्रिया दिनुहोस्